काठमाडौं।‘ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३’ शुरु भएको छ ।आईसीटी फाउण्डेसन नेपालको आयोजनामा यही असार ८ र ९ गते सञ्चालित कार्यक्रमको इन्टरनेट पार्टनर डिशहोम फाइवरनेट रहेको छ ।
कन्क्लेभमा विभिन्न देशका आईसीटी विज्ञसहित ७० बढी स्रोत विज्ञहरूको सहभागिता रहेको छ ।द सोल्टी काठमाडौंमा आयोजना जारी कन्क्लेभमा विभिन्न ६ थिममा १५ भन्दा बढी सेसनहरू सञ्चालन हुनेछन् ।२ दिने कन्क्लेभमा दक्षिण कोरिया, सिंगापुर, भारत, बंगलादेशबाट विषय विज्ञहरूको उपस्थिति रहेको छ ।
आईसीटी फाउण्डेसन नेपालले आयोजना गरेको डिजिटल नेपाल कन्क्लेभको दोस्रो संस्करण हो ।कन्क्लेभको प्रि–इभेन्टको रुपमा फाउण्डेसनले सातै प्रदेशमा डिजिटल प्रदेश संवाद कार्यक्रम सञ्चालन गरेको थियो ।सातै प्रदेशको डिजिटल अवस्था र सक्षमताको जानकारीसहितको डिजिटल प्रदेश परिदृश्यको दोस्रो संस्करण कन्क्लेभमा सार्वजनिक गरिने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ असार २०८०, १२ : ५१
लेखकबाट थप