अन्तर्राष्ट्रिय राजनीतिमा घटिराखेका घटनाप्रति नेपाल सरकार गम्भीर : प्रधानमन्त्री प्रचण्ड

सफल खबर संवाददाता

शुक्रबार, ०८ असार २०८०, १२ : ०३
अन्तर्राष्ट्रिय राजनीतिमा घटिराखेका घटनाप्रति नेपाल सरकार गम्भीर : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्तर्राष्ट्रिय राजनीतिमा घटिराखेका घटनाप्रति नेपाल सरकार गम्भीर रहेको बताएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसद अच्युत प्रसाद मैनालीले रुस युक्रेनबीच युद्धमा रुसको पक्षमा नेपाली युवाहरूको संलग्नताको विषयमा सरकारको जवाफ मागेका थिए। सोही प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय राजनीतिमा घटिराखेका घटनाप्रति नेपाल सरकार गम्भीर रहेको बताएका हुन्।

प्रधानमन्त्री प्रचण्डले  सरकारले राष्ट्रिय गौरवका योजनामा बजेट सुनिश्चित गर्ने गरेको बताए।  उनले राष्ट्रिय गौरवका आयोजनामा विनियोजित रकम कम हुने अवस्थामा पनि आवश्यकताअनुसार थप बजेटको व्यवस्था गरिने गरिएको जानकारी दिए।

उनले निजगढी अन्तर्राष्ट्रिय  विमानस्थलको आगामी आर्थिक वर्षमा साइड क्लेयरेन्स गर्ने कार्य सम्पन्न गर्ने कुरामा सरकारको गहिरो ध्यान रहेको बताए। रेल सञ्चालन गर्ने बारेमा सरकार सकारात्मक रहेको उनको भनाइ छ। साथै राष्ट्रिय गौरवका आयोजना र अन्य प्राथमिकता प्राप्त आयोजनाहरूको जग्गा अधिकरण मुआब्जा र क्षतिपूर्ति 
वितरण गरेने कार्य सरकारको प्राथमिकता रहेको प्रधानमन्त्रीले बताए।

प्रतिक्रिया दिनुहोस