साफ च्याम्पियनशिप फुटबल आजबाट : उद्घाटन खेलमा नेपाल र कुवेत भिड्दै

सफल खबर संवाददाता

बुधबार, ०६ असार २०८०, ०९ : ४२
साफ च्याम्पियनशिप फुटबल आजबाट : उद्घाटन खेलमा नेपाल र कुवेत भिड्दै

काठमाडौ । पुरुष साफ च्याम्पियनशिप फुटबल आज (बुधवार)बाट भारतमा शुरू हुँदैछ । बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा शुरू हुने १४औं साफमा आठ राष्ट्रको सहभागिता रहेको छ ।

साफको उद्घाटन खेलमा समूह 'ए' मा रहेको नेपाल र कुवेतबीच हुँदै छ । 

उद्घाटन खेलमा नेपालले साविक उपविजेतासमेत रहेको बलियो टीली कुवेतसँग नेपाली समय अनुसार पौने ४ बजे प्रतिस्पर्धा गर्ने छ । 

यस्तै आजै भारत र पाकिस्तानबीच समेत प्रतिस्पर्धा हुनेछ । नेपालले दोस्रो खेलमा ९ असारमा आयोजक भारतसँग खेल्नेछ । यस्तै तेस्रो तथा समूह चरणको अन्तिम खेलमा १२ असारमा पाकिस्तानविरुद्ध खेल्नेछ ।

नेपाल यो पटक भारत, पाकिस्तान र कुवेत रहेको समूहमा छ।

यस संस्करणको च्याम्पियनशिपमा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउने छन् ।

प्रतिक्रिया दिनुहोस