पोखरालाई योग केन्द्रका रूपमा विकास गर्नुपर्छ: नवीन श्रीवास्तव

सफल खबर संवाददाता

बुधबार, ०६ असार २०८०, ०९ : २९
पोखरालाई योग केन्द्रका रूपमा विकास गर्नुपर्छ: नवीन श्रीवास्तव

काठमाडौँ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पोखरालाई योग केन्द्रका रूपमा विकास गर्नुपर्ने बताएका छन्।

बुधवार पोखरामा अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले पोखरा प्राकृतिक मनोरम र पर्यटनका दृष्टिकोणले उत्कृष्ट स्थान भएको भन्दै पोखरालाई सडक सञ्जाल वा हवाई रुटका माध्यमबाट जोड्दै जान सकिने बताए।

उनले पोखरा प्राकृतिक सौन्दर्यताका हिसाबले उत्कृष्ट स्थान रहेको भन्दै पोखराले भारतका पर्यटकहरू तानेको बताए।

राजदूत श्रीवास्तवले भने, ‘पर्यटनको हिसावले हेर्ने हो भने पोखरा एकदमै राम्रो स्थान छ। भारतबाट विभिन्न सहरका मानिस पोखरा आउने गर्दछन्। हरेक वर्ष पोखरामा योग दिवस मनाउने हो भने पोखरा योगा केन्द्र बन्नेछ। यसका लागि भारतीय दूतावास मिलेर काम गर्न तयार छ। नयाँ सडक, नयाँ एयरपोर्टका माध्यमबाट भारत पोखरासँग जोडिन्छ।’

उनले पोखरामा हरेक वर्ष योग दिवसका अवसरमा योगा कार्यक्रम हुने आशा राखेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस