काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले समाजवादी मोर्चा बुढाहरूको क्लब जस्तो भएको टिप्पणी गरेका छन् ।
संघीय संसद भवन परिसरमा आज पत्रकारहरूसँगको कुराकानीमा उनले समाजवादी मोर्चामा रहेका दलहरूबीच पछि झगडा पर्ने र अलग सम्भावना रहेको बताउँदै उनले उक्त मोर्चा बुढाहरूको क्लब जस्तो भएको टिप्पणी गरेका हुन् ।
‘यो प्रौढहरुको क्लब हो । यसमा इतिहासको बखान हुन्छ, मेरो पालामा यो, मेरो पालामा यो । यो बुढाहरुको क्लब हो,’ उनले भने । एमाले नेता भट्टराईले समाजवादी मोर्चामा रहेका दलहरुबीच समाजवादकै विषयमा समान धारणा नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ असार २०८०, १९ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन्: योगेश भट्टराई
मदन भण्डारीले फरक मत राख्नेलाई कहिल्यै दलाल भन्नुभएन: योगेश भट्टराई
योगेश भट्टराईको कटाक्ष : 'ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ'
योगेश भट्टराईले मागे ओलीको राजीनामा
योगेश भट्टराईको प्रश्न: कम्युनिष्ट आन्दोलनलाई वैचारिक बहसमा लैजाने कि विसर्जन गर्ने ?
अध्यक्ष ओली पक्राउको संयमित भएर विरोध गछौं : योगेश भट्टराई