अमेरिकाविरुद्ध नेपालको सय रन पुरा

सफल खबर संवाददाता

मंगलबार, ०५ असार २०८०, १८ : ५८
अमेरिकाविरुद्ध नेपालको सय रन पुरा

काठमाडौं । आइसीसी विश्वकप छनोटको दोस्रो खेलमा अहिले नेपाल र अमेरिकाबीच खेल भइरहेको छ । टस जितेर पहिले बलिङ गरेको नेपालले अहिले अमेरिकाले दिएको २०८ रनको लक्ष्य पछ्याइरहेको छ । जारी खेलमा नेपालले सय रन पुरा गरेको छ ।

जारी खेलमा २५औं ओभरको खेल जारी रहँदा नेपालले २ विकेट गुमाएर १०६ रन जोडेको छ । क्रिजमा अहिले रोहित कुमार पौडेल र भिम सार्की रहेका छन् ।

नेपालका लागि करण केसीले ४ विकेट लिए । साथै, गुल्शल झाँले ३ तथा दिपेन्द्र सिंह ऐरीले २ विकेट लिए भने ललित राजवशींले १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस