बझाङमा ग्यास बिस्फोट, एकजना घाइते

सफल खबर संवाददाता

मंगलबार, ०५ असार २०८०, १८ : ५४
बझाङमा ग्यास बिस्फोट, एकजना घाइते

बझाङ । बझाङमा ग्यास बिस्फोट हुँदा एक जना घाइते भएका छन् ।

मष्टा गाउँपालिका–२ मेलखेतको एक कुखुरा फार्ममा ग्यास बिस्फोट भएर मष्टा गाउँपालिका मेलखेतका २७ वर्षीय रतन द्धाल घाइते भएका हुन् । उनको कुखुरा 

सिलिन्डरको रेगुलेटर भएको स्थानमा ग्यास लिक भएर बिस्फोट भएको हुनसक्ने अनुमान गरिएको छ । घाइतेको अनुहार र शरीरका विभिन्न भाग जलेको छन् । उनको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस