धनगढी । सवारी दुर्घटनामा परेका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री जयपृथ्वी बहादुर सिंहसहित ४ जनाको अवस्था गम्भीर रहेको छ ।मन्त्री सिंह, उनीकी पत्नी अमृता सिंह (६४), बुहारी नाता पर्ने जयादेवी सिंह (६०), अंगरक्षक दिपक भण्डारी अचेत अवस्थामा रहेको बझाङकी सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले जानकारी दिइन् ।
चालक धर्मराज जोशीको अवस्था माध्यम रहेको छ ।पाँचै जनालाई हेलिकप्टर मार्फत नेपालगन्ज रेफरको तयारी भइरहेको जोशीले रातोपाटीलाई बताइन् । घटनाबारे थप विवरण आउन बाँकी छ ।
सुपप्र ०१००१ झ ४८० नम्बरको गाडीमा डडेल्धुराबाट चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ असार २०८०, १५ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते
रौतहटमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएपछि सडक अवरुद्ध
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा १३ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु