चितवन। चितवनको इच्छाकामना गाउँपालिकाले १० वर्षे गाउँ शिक्षा योजना निर्माणको लागि सुझाव माग गरेको छ ।बिगत ६ महिनादेखि गाउँपालिकाले सामाजिक विकास समितिका संयोजक वडा नं. ६ का वडाध्यक्ष लक्ष्मण चेपाङको संयोजकत्वमा गाउँ शिक्षा योजना निर्माण समिति गठन गरी सुझाव संकलन गरेको हो ।
समितिले अहिले गाउँ शिक्षा योजनाको मस्यौदा बनाई सकेको र सोही मस्यौदा माथि छलफल गरिरहेको गाउँपालिकाकी शिक्षा शाखा प्रमुख दुर्गादेवी खड्काले जानकारी दिइन् । गाउँपालिकाले सोमबार मात्रै एक कार्यशाला गोष्ठी गरी शिक्षक, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिलगायत सरोकारवालासँग मस्यौदा माथि छलफल गर्दै सुझाव संकलन गरेको छ ।
गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा चुम्लिङटारमा शिक्षा योजना निर्माण सम्बन्धी सुझाव संकलन कार्यशाला गोष्ठी सम्पन्न गरेको हो । कार्यक्रममा राष्ट्रिय युवा परिषद्का प्रशासकीय अधिकृत रमाकान्त शर्माले सहजीकरण गरेका थिए । गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सभा सदस्य कृष्णप्रसाद सिलवाल प्रमुख आतिथि रहेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ असार २०८०, १५ : ०६
लेखकबाट थप