अमेरिकाविरुद्ध नेपालले टस जित्यो

सफल खबर संवाददाता

मंगलबार, ०५ असार २०८०, १३ : ४१
अमेरिकाविरुद्ध नेपालले टस जित्यो

काठमाडौं । नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा अमेरिकाविरुद्ध टस जितेको छ । जिम्बावेको ताकशिंगा स्पोर्ट्स क्लबमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।

नेपालले बलिङ रोजेपछि अमेरिकाले पहिले ब्याटिङ गर्दैछ ।तीव्र गतिका बलर सोमपाल कामी औलाको चोटको कारण बाहिर रहेका छन् । सोमपालको स्थानमा देब्रे हाते स्पिनर ललित नारायण राजवंशीले मौका पाएका छन् । 

नेपालको प्लेइङ ११ :

कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की र ललित राजवंशी ।

प्रतिक्रिया दिनुहोस