विश्वकप छनोटः अमेरिकाविरुद्ध नेपालले पहिले फिल्डिङ गर्दै

सफल खबर संवाददाता

मंगलबार, ०५ असार २०८०, १२ : ३७
विश्वकप छनोटः अमेरिकाविरुद्ध नेपालले पहिले फिल्डिङ गर्दै

काठमाडौँ। जिम्बाबेमा जारी आइसीसी विश्वकप क्रिकेट छनोटमा नेपालले दोस्रो खेलमा अमेरिकाविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि अमेरिका पहिले व्याटिङ गर्ने भएको हो । नेपालले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ । आजको खेलमा तिव्र गतिका बलर सोमपाल कामी नखेल्ने पक्का भएको छ ।

उनी हातको चोटले आजको खेलबाट बाहिरिएका हुन् ।यस्तै अमेरिका भरपरर्दा व्याटर एवं कप्तान मोनक पटेल समेत घाइते भएपछि खेलबाट बाहिरिएका छन् । नेपाल पहिलो खेलमा घरेलु टोली जिम्बाबेसंग ८ विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस