समाजवादी मोर्चाबारे एमाले उपमहासचिवको टिप्पणी- एउटै पार्टी निर्माण गरे पनि कुनै अर्थ देखिंदैन

सफल खबर संवाददाता

मंगलबार, ०५ असार २०८०, ११ : ५८
समाजवादी मोर्चाबारे एमाले उपमहासचिवको टिप्पणी- एउटै पार्टी निर्माण गरे पनि कुनै अर्थ देखिंदैन

काठमाडौं। केन्द्रबिन्दुमा सत्ता स्वार्थ, मनोविज्ञानमा अस्तित्व-भय, नीति, कार्यक्रम र आचरणमा पुँजीवादी शक्तिसँग सामञ्जस्य- यस्तो स्थितिमा समाजवादी मोर्चा या केन्द्र त के, एउटै पार्टी निर्माण गरे पनि कुनै तात्विक अर्थ रहने देखिंदैन,' उनले ट्वीटरमा लेखेका छन् । 

 

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले केन्द्रबिन्दुमा सत्ता स्वार्थ र मनोविज्ञानमा अस्तित्व-भय राखेर समाजवादी मोर्चा बनाइएको टिप्पणी गरेका छन् । उनले नीति, कार्यक्रम र आचरणमा पुँजीवादी शक्तिसँग सामञ्जस्य राखेर समाजवादी मोर्चा बनाउनुको कुनै अर्थ नहुने उनले बताएका छन् ।

समाजवादी मोर्चा या केन्द्र त के एउटै पार्टी निर्माण गरे पनि कुनै तात्विक अर्थ नरहने उनको भनाइ छ । 'केन्द्रबिन्दुमा सत्ता स्वार्थ, मनोविज्ञानमा अस्तित्व-भय, नीति, कार्यक्रम र आचरणमा पुँजीवादी शक्तिसँग सामञ्जस्य- यस्तो स्थितिमा समाजवादी मोर्चा या केन्द्र त के, एउटै पार्टी निर्माण गरे पनि कुनै तात्विक अर्थ रहने देखिंदैन,' उनले ट्वीटरमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस