प्रधानमन्त्री प्रचण्डद्वारा डाइरेक्टर बुर्लाकोटीलाई राष्ट्रिय झन्डा ओढाई बिदाइ

सफल खबर संवाददाता

सोमबार, ०४ असार २०८०, २१ : ४०
प्रधानमन्त्री प्रचण्डद्वारा डाइरेक्टर बुर्लाकोटीलाई राष्ट्रिय झन्डा ओढाई बिदाइ

कास्की । लायन्सको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन जान लागेका लायन्सका अन्तराष्ट्रियडाइरेक्टर इन्डोर्सी बालकृष्ण बुर्लाकोटीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिदाइ एवं सम्मान गरेका छन् । आगामी जुलाई ७ देखि ११ तारिखसम्म अमेरिकाको बोष्टनमा हुने लायन्सको अन्तर्राष्ट्रिय सम्मेलनबाट नेपालका लायन लिडर बुर्लाकाटी अन्तर्राष्ट्रिय डाइरेक्टर बन्दैछन ।

सोमवार नेपालका लायन्स लिडरहरुसँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहालले नेपाली लायन्सका अन्तर्राष्ट्रिय डाइरेक्टर इन्डोर्सी बुर्लाकोटीलाई अन्तर्राष्ट्रिय डाइरेक्टरको शपथ लिन अमेरिका प्रस्थान गर्न लागेकोमा बधाई ज्ञापन गर्दै राष्ट्रिय झन्डा ओढाएर सम्मानका साथ बिदाइ गरेको प्रधानमन्त्री दाहालको सचिवालयले बताएको छ ।

भेटमा प्रधानमन्त्री दाहालले लायन्सको अन्तर्राष्ट्रिय डाइरेक्टरमा नेपालका बुर्लाकोटीले नेतृत्व गर्न लागेकोमा अत्यन्त खुसी लागेको बताउँदै लायन्स मार्फत नेपाल अन्तर्राष्ट्रिय जगतमा थप परिचित हुने विश्वास व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस