काठमाडौं। प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवर्तन उल्ट्याउने खोज्नेहरुविरुद्ध प्रतिवाद गर्न ‘समाजवादी मोर्चा’ बनाइएको बताएका छन।
माओवादी अध्यक्ष दाहालले सोमबार मोर्चा घोषणा गर्न आयोजित कार्यक्रममा अग्रगमन पक्षधर, प्रगतिशील, वामपन्थी शक्तिहरुलाई सहकार्यमा आउन आव्हान गरे ।
माओवादी अध्यक्ष दाहालले मोर्चा गठनलाई मुलुकलाई फेरि प्रतिगमनतिर फर्काउन खोज्नेहरुविरुद्ध ‘एउटा युद्धकै रुपमा’ लिनुपर्ने उल्लेख गरे । ‘अहिले परिर्वतनलाई होच्याउने, अपमानित गर्न खोज्ने अराजक र प्रतिगामी प्रवृत्तिले केही मान्छेहरुले टाउको उठाउन खोजिरहेका छन्’ उनले भने ‘७० वर्ष संघर्ष गरेर स्थापित भएको जनताको अधिकार खोसेर देशलाई प्रतिगमनतिर फर्काउन चाहनेहरुका लागि चुनौती हो । यो मोर्चा तिनका विरुद्ध युद्धको घोषणा हो ।’
प्रधानममन्ज्ञत्री दाहालले मोर्चा घोषणा गर्न राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा यही ठाउँमा २०७४ साल असोज १७ गते एमाले र माओवादीबीच पार्टी एकता घोषणा गरेको स्मरण समेत गराए । हामीले राष्ट्रियसभा गृहको यही हलमा ठूलो भरोसा र अपेक्षाका साथ नेकपा गठनको घोषणा गरेका थियौं तर त्यो पार्टी बचाउन सकिएन’ उनले भने– त्यो बेला कहाँ त्रुटि भयो भनेर समीक्षा गर्नुपर्छ, ‘शायद त्यतिबेला पार्टी एकतै गर्ने हतारो पो गरेछौं कि रु ‘हामीले त्यतिबेला नै समाजवादी मोर्चा भनेर मोर्चाबाट काम शुरु गरेर विचार राजनीति, संगठन, कार्यशैलीमा एकरुपता कायम गरेपछि एकतामा पुग्ने उद्देश्य राखेको भए हामी सफल हुन्थ्यौं कि रु सबैले सोच्नुपर्ने परिस्थिति छ ।’
त्यसबेला पनि निश्चित विचार र उद्देश्यका साथ मोर्चा बनाउन सफल भएको र फड्किएर पार्टी एकता गर्दा दुर्घटना भएको अध्यक्ष दाहालको भनाई छ । ‘आज समाजवादी मोर्चा भनेर घोषणा गरेका छौं’ उनले भने– यो हिजोको अनुभवको पनि नयाँ संश्लेषण भएको छ । अब हाम्रो सफलतालाई कसैलाई रोक्न सक्दैन ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ असार २०८०, १९ : ०५
लेखकबाट थप