संखुवासभा । प्रधानमन्त्री पुष्पकमल दाहालले युद्धस्तरमा राहत र उद्धारको काम गर्ने बताएका छन् । सोमबार सेनाको हेलिकप्टरबाट बाढीग्रस्त क्षेत्र पुगेका प्रधानमन्त्री दाहालले बाढी र पहिरोले संखुवासभा, ताप्लेजुङ र पाँचथरमा ठूलो क्षति पुगेको उल्लेख गर्दै उद्धार र राहतको काममा कुनै कसर बाँकी नराख्ने बताए ।
प्रधानमन्त्री दाहालले बाढीपहिरो प्रभावित र विस्थापितलाई पुनःस्थापना गर्ने, घरबारविहीनको तत्काल स्थानान्तरण र आवासको व्यवस्था मिलाउने पनि बताए । उनले तत्कालै बाढीले बगाएका पक्की पुलमा बेलिब्रिज बनाउने र आवतजावत सहज बनाउने बताएका छन् । तीन वटै जिल्लामा भएको क्षतिको विवरण हेरेर सरकारले नयाँ कार्यक्रम ल्याउने पनि प्रधानमन्त्री दाहालको भनाइ छ ।
अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी संखुवासभामा १ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता भएका छन् । प्रधानमन्त्री दाहालले उद्धार, राहतसागै बेपत्ता भएकाहरूको खोजी कार्यमा जिल्लाका सबै सरकारी संयन्त्रलाई निर्देशन दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ असार २०८०, १४ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिशूलीमा बेपत्ताको खोजी तीव्र पार्न प्रधानमन्त्रीको निर्देशन
विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले खोजे कांग्रेस–एमालेको नैतिकता
प्रधानमन्त्री प्रचण्डलाई अविलम्ब राजीनामा दिन एमालेको माग
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता कोइरालाबिच भेट
प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने, संसद सचिवालयलाई पत्र पठाइयो
विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड