लिपुलेक, लिम्पियाधुरा, कालापानीको लागि बजेट नछुट्टयाउनुले सरकारप्रति शंका उब्जियोः सांसद शर्मा

सफल खबर संवाददाता

सोमबार, ०४ असार २०८०, १३ : ३०
लिपुलेक, लिम्पियाधुरा, कालापानीको लागि बजेट नछुट्टयाउनुले सरकारप्रति शंका उब्जियोः सांसद शर्मा

काठमाडौं । नेकपा (एमाले) की सांसद दीपा शर्माले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रका लागि सरकारले बजेट नछ्ट्याउनुले शंका उब्जाएको बताएकी छन् । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शर्माले नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा, कालापानीको विकास र सिमा संरक्षण गर्न सरकारले बजेट नछुट्याउनुले शंका उब्जिएको बताईन्।

उनले सो क्षेत्रका नागरिकहरुको जनगणना किन गरिएन भन्ने प्रश्न समेत गरिन्। उनले भारतमा ग्रेटर भारताको नक्शामा नेपाली भूमि समेटिएको विषयमा सरकार बोल्नुपर्ने बताईन् । उनले भारत सरकारलाई पत्र पठाएर सो नक्शा खारेज गर्न लगाउनुपर्ने माग गरिन् । उनले इपिजी प्रतिवदेन नेपालका प्रधानमन्त्रीले एकतर्फी रुपमा बुझेर भएपनि त्यहाँ उल्लेखित विषयहरु नेपाली जनतालाई सार्वजनिक गर्नुपर्ने बताईन् ।

उनले एमसीसी परियोजना कार्यान्वयनका लागि सरकारको तयारीको सम्बन्धमा पनि प्रश्न गरिन् । उनले परराष्ट्र मन्त्रालयमा विनियोजित बजेट कम भएको बताईन् । विनियोजित बजेटले कुटनीतिक मर्यादालाई व्यवस्थित गर्न नसक्ने उनले बताईन् ।