काठमाडौं । नेकपा (माओवादी केन्द्र)की सांसद रेखा शर्माले बहुविवाहलाई कानूनी मान्यता दिनेगरी सरकारले कानूनी प्रवन्ध गर्न लागेको भन्दै आपत्ति जनाउनुभएको छ ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद शर्माले यस्तो बताउनुभएको हो । संविधान प्रदत महिला अधिकार र नेपाल पक्षराष्ट्र भएर गरेका अन्तर्राष्ट्रिय सन्धी महासन्धी विपरित सरकारले देवानी संहिता २०७४ को धारा १७५ लाई संशोधन गर्न खोज्नु गलत भएको बताउनु भयो ।
उहाँले बहुविवाहालाई कानूनी मान्यता दिनेगरी कानून मन्त्रालयले गरिरहेको तयारी ठिक नभएको बताउनु भयो । सांसद शर्माले भन्नुभयो, ‘जनयुद्ध जनअन्दोलन र सबैखाले महिला आन्दोलनका प्राप्त उपलब्धिमाथि सरकारले जसरी प्रहार गर्दैछ । यो महाप्रतिगमन हो । यसकाप्रति घोर आपत्ति व्यक्त गर्दछु । यस सम्बन्धि प्रतिगमनकारी विधेयक अघि नबढाउन ध्यानाकर्षण गर्दछु ।’
सांसद शर्माले प्रतिगमनलाई आफूहरूले नस्वीकार्ने समेत स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० साउन २०८२, १४ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षा विधेयकलाई शिक्षक विधेयक नबनाऔँ : सांसद शर्मा