समयमा अस्पताल नआउने चिकित्सकलाई कारवाही गर्न स्वास्थ्यमन्त्री जाेशीकाे निर्देशन

सफल खबर संवाददाता

सोमबार, ०४ असार २०८०, ११ : २३
समयमा अस्पताल नआउने चिकित्सकलाई कारवाही गर्न स्वास्थ्यमन्त्री जाेशीकाे निर्देशन

चितवन ।  वागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले समयमा अस्पताल नआउने चिकित्सक कर्मचारीलाई कमरवाही गर्न निर्देशन दिएका छन । यहाँको बिपि कोईराला मेमोरियल क्यान्सर अस्पतालको निरिक्षण अनुगमन पछि आयोजित अन्तरक्रिया कार्यक्रममा उनले समयमा अस्पताल नआउने र अस्पताल आयर कार्यालमा नबस्ने चिकित्सक, कर्मचारीलाई कारवाहि गर्न अस्पताल प्रशासनलाई निर्देशन दिए । 

निरिक्षणका क्रममा चिकित्सक, कर्मचारीहरु कार्यकक्षमा नभेटिएको भन्दै उनले भने , कार्यालयमा काम नगर्ने भए घर बसे हुन्छ । विरामी र सेवाग्राहिले सेवा पाउन रोकिनु हुँदैन । अस्पतालको सेवाका बारेमा हरेक हप्ता अस्पताल प्रशासनले सार्वजनिक गर्नुपर्ने उनको भनाई थियो । कुन चिकित्सक कचि खेर भेट्न सकिन्छ भन्ने बिषयमा समेत खुलायर सूचना गर्ने गर्दा बिरामीको चमप कम हुने उहाँको भनाई थियो । अस्पतालमा भएको बिरामीको चाप कम गर्न तर्फ अस्पताल प्रशासनको ध्यान दिनुपर्ने वताए । 

अस्पताल संचालक समितिका अध्यक्ष डा बिजय न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै मन्त्री जोशीले अस्पताल भित्र हुने गरेको आर्थिक अनियमितता रोक्न संचालक समितिले रोक्नु पर्ने बताए । अस्पतालका बिषयमा उठेका प्रश्नको समाधान गर्न तर्फ लाग्नु पर्ने उनको भनाई थियो । अस्पतालले दिदै आएको सेवा सुबिधालाई अझै व्यवस्थित गर्नु पर्ने उनले बताए । सो अबसरमा अस्पताल सुधारका बिषयमा स्थानिय, अस्पतालका बिभागीय प्रमुखहरु, अस्पताल प्रशासन लगाएतका संग छलफल भएको थियो ।

सो अबसरमा अस्पतालका पूर्व कार्यकारी निर्देशक डा। देज कुमार गौतम, उपनिर्देशक कृष्णसागर शर्मा, नेपाल स्वास्थ्य कर्मी संघका अध्यक्ष रमेश पौडेल लगाएतले बोलेका थिए । 

कार्यक्रममा मन्त्री जोशीले अस्पतालको  गुरुयोजना अनुसार काम गर्नका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताए । संघिय सरकार संग समेत यस बिषयमा छलफल गर्ने वातावरण तयार गर्न आफू तयार रहेको उनले बिश्वास दिलाए । 

प्रतिक्रिया दिनुहोस