नेदरल्यान्ड्सले नेपाललाई दियो १९० रनको लक्ष्य

सफल खबर संवाददाता

बुधबार, १६ साउन २०७५, १८ : ५१
नेदरल्यान्ड्सले नेपाललाई दियो १९० रनको लक्ष्य

चितवन । एक दिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्सले नेपाललाई १९० रनको लक्ष्य दिएको छ ।

नेदरल्यान्डको भिएआर मैदान एम्सटरड्याम टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड ४७ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय ८९ रनमा समेटिएपछि नेपालले १ सय ९० रनको मध्यम लक्ष्य पाएको हो ।

नेदरल्यान्डका लागि मिकेल रिप्पनले ५१ रनको अर्धशतीय इनिङ्स खेले । बास डि लिडेले ३० रन जोडे । स्टिफिन माईवर्घ २९ रनमा आउट भए । बेन कुपर २०, स्कट इडवार्ड्स १८ रनमा आउट भए । यस्तै विस्ले बारेसी १२ र फ्रेड कालासन ११ रनमा आउट भए ।

नेपालका लागि कप्तान पारस खड्काले १० ओभर बलिङ गर्दै २६ रन दिएर ४ विकेट लिएका छन् । त्यस्तै, सोमपाल कामीले पनि ३ विकेट लिएका छन् । सन्दीप लामिछाने, बसन्त रेग्मी र करण केसीले समान १–१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस