जर्मनी तेस्रो खेलमा पनि पोल्यान्डसँग पराजित

सफल खबर संवाददाता

शनिबार, ०२ असार २०८०, १२ : १९
जर्मनी तेस्रो खेलमा पनि पोल्यान्डसँग पराजित

बार्सा । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनी पोल्यान्डसँग पराजित भएको छ । घरेलु टोली पोल्यान्डसँग प्रतिस्पर्धामा उत्रिएको  जर्मनी १–० ले पराजित भएको हो । जर्मनीको पराजयका लागि पोल्यान्ड ज्याकव किविओरले पहिलो हाफको ३१औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुगेको थियो ।

 

पोल्यान्डमा शुक्रबार राति भएको खेलमा ७६ प्रतिशत बल पोसेसन राखे पनि जर्मनीले घरेलु टोलीको बलियो रक्षापङ्ति तोड्न नसक्दा पराजित हुन परेको अन्तर्राष्ट्रिय खेल सञ्चारमाध्यमले जनाएका थिए । त्यसमाथि, दोस्रो हाफको ५८औँ मिनेटमा जर्मनीले पेनाल्टी पाए पनि भिएआरले उक्त पेनाल्टीलाई खारेज गरिदिँदा उसको लागि आएको मौकासमेत गुमाउनु पर्ने अवस्था आयो । 

 

यस बराबरीसँगै जर्मनी पछिल्लो तीन खेलमा जितविहीन बन्न पुगेको छ । जसअनुसार बेल्जियमसँग ३–२ ले पराजित भएको जर्मनीले गत साता युक्रेनसँग भने ३–३ गोलको बराबरी खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस