काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्ने तयारी गरिएको छ । सो पार्टीको केन्द्रीय समिति बैठकमा पेश हुने एजेन्डाको विषयमा छलफल भइरहेकाले असार तेस्रो साता बैठक बस्ने योजना बनाइएको हो ।
गत चैत १ गते बसेको केन्द्रीय समिति बैठक तीन महिनापछि असार तेस्रो साता बस्न लागेको पार्टी कार्यालय सचिव डोरप्रसाद उपाध्यायले बताए । ‘केन्द्रीय समिति बैठक बस्ने भएपछि एजेण्डाका विषयमा छलफल भइरहेको छ’ उनले भने, ‘सबै एजेण्डा तय भएपछि बैठकको मिति सार्वजनिक गर्ने छौं ।’
केन्द्रीय समिति बैठकका एजेण्डाका विषयमा संगठन विभागले गृहकार्य जारी राखेको छ । यदि समाजवादी मोर्चा तत्काल घोषणा हुने अवस्थामा बैठकको मिति अगाडि सर्न सक्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ असार २०८०, ११ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?
माओवादी केन्द्रका सचिव गणेश साहले गरे पार्टी त्यागेको घोषणा
माओवादीभित्र जेनजी रेड टास्क फोर्स गठन, ‘प्रचण्ड’लाई थप एक कार्यकाल अध्यक्ष बनाउने
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै