ऊर्जा क्षेत्रमा भारतीय निजी क्षेत्रको लगानी आउनेमा विश्वस्त छुः चन्द्र ढकाल

सफल खबर संवाददाता

विहीबार, ३२ जेठ २०८०, १९ : २६
ऊर्जा क्षेत्रमा भारतीय निजी क्षेत्रको लगानी आउनेमा विश्वस्त छुः  चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) का अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको ऊर्जा क्षेत्रमा भारतीय निजी क्षेत्रको धेरै ठूलो लगानी आउने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को २१ औं वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष ढकालले नेपालको ऊर्जा क्षेत्रमा भारतीय निजी क्षेत्रको धेरै ठूलो लगानी आउनेमा आफू विश्वस्त रहेको बताएका हुन् ।

प्रधानमन्त्रीको भारतभ्रमणको क्रममा एफएनसिसिआईले भारतीय निजी क्षेत्रसँग छलफल गर्दा उनीहरू नेपालमा लगानी गर्न उत्साहित भएको पाएको उनले बताए । यसका लागि सरकारले लगानीको वातावरण भने बनाइदिनुपर्ने उनको भनाइ छ । जलविद्युतको विषयमा धेरै पहिलेदेखि कुरा उठाउँदै आएपनि निजी क्षेत्र आएपछि मात्रै तीव्र रुपमा विकास भएको ढकालले बताए ।

‘पूर्वाधार बनाउने कुरा होस, सिमेन्ट उत्पादन गर्ने कुरा होस, बिजुली उत्पादन गर्ने कुरा होस ।’ सबै क्षेत्रको विकास निजी क्षेत्रलाई अघि बढाएकै कारण भएको ढकालले बताए । भारत र बंगलादेश विद्युत निर्यातका लागि एउटा ब्रेक थ्रु भएको र यसले नेपालको अर्थतन्त्रमा धेरै ठूलो अर्थ राख्ने पनि ढकालले बताए ।

‘नेपालबाट १० हजार मेगावाट बिजुली भारतमा र भारतबाट बंगलादेश लगायतका सीमा जोडिएका देशमा पनि निर्यात गर्ने कुरा छ । यसको लागि नेपालले गरिहाल्नुपर्ने केही कुरा छन् । प्रसारणलाइन र पीपीएका कुरा तुरु

प्रतिक्रिया दिनुहोस