दैलेखमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, ३२ जेठ २०८०, १३ : ०७
दैलेखमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

दैलेख । दैलेखको दुल्लू नगरपालिका वडा नम्बर १ स्थित गाडापानी भन्ने स्थानमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

डुङ्गेश्वर वजारवाट दुल्लू जादै गरेको ट्याक्टर दुर्घटना हुदा दुल्लु नगर पालिका वडा नं १ बस्ने अन्दाजी १७/१८ वर्षकि दीलमाया खड्काको मृत्यु भएको हो । उत्त ट्याक्टरमा दुर्घटनामा परी दुल्लु नगरपालिका ५ का भरत रिजाल र नाम नखुलेको १ जना महिला गम्भीर घाईते भएका छन । घाईतेहरुको प्रदेश अस्पताल सुर्खेतमा उपचारको लागि लगिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । ट्याक्टरसडक वाट करिव २ सय मिटर तल खसेको छ ।

प्रतिक्रिया दिनुहोस