पुरुष बास्केटबलमा भूटानसँग नेपाल पराजित, आज पाकिस्तानसँग खेल्दै

सफल खबर संवाददाता

विहीबार, ३२ जेठ २०८०, ०६ : ५१
पुरुष बास्केटबलमा भूटानसँग नेपाल पराजित, आज पाकिस्तानसँग खेल्दै

काठमाडौ । माल्दिभ्समा शुरू भएको फाइभ नेसन्स पुरुष बास्केटबल प्रतियोगितामा भूटानसँग नेपाल पराजित भएको छ । 

माल्दिभ्सको मालेमा बुधवार भएको पहिलो खेलमा भूटानले नेपाललाई ६१–५५ ले पराजित गर्दै विजयी भएको हो ।

नेपालले बास्केटबलमा सन् २०१९ मा काठमाडौंमा भएको १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगितापछि पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको हो ।

नेपालमाथि भूटानले पहिलो क्वार्टरमा २१–१३ को अग्रता बनाएको थियो । शुरूमै ८ अंकले पछि परेको नेपालले त्यसपछिको दोस्रो क्वार्टरमामा पुनरागमन गर्ने प्रयास गर्‍यो । नेपालले दोस्रो क्वाटर १६–१५ र तेस्रो क्वार्टरमा १३–१२ को अग्रता बनाउएको थियो तर चौथो तथा निर्णायक क्वार्टरमा नेपाल र भूटानले समान १३ अंक जोडेपछि नेपाल ६१–५५ ले पराजित भयो । 

नेपालले आफ्नो दोस्रो खेल भोलि पाकिस्तानसँग खेल्नेछ । नेपालले लिगको आफ्नो अन्तिम खेल आउँदो आइतवार घरेलु टोली माल्दिभ्ससँग खेल्नेछ । प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका ५ राष्ट्रको सहभागिता रहेको छ । यसमा आयोजक माल्दिभ्ससहित नेपाल, बंगलादेश, भूटान र पाकिस्तान छन् ।

प्रतिक्रिया दिनुहोस