महालक्ष्मी विकास बैंकको ९ लाख ४७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

सफल खबर संवाददाता

मंगलबार, ३० जेठ २०८०, ११ : ५९
महालक्ष्मी विकास बैंकको ९ लाख ४७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौँ । महालक्ष्मी विकास बैंकका संस्थापक सेयरधनीले ९ लाख ४७ हजार ३९२ कित्ता सेयर बिक्री खुला गरेका छन् । यसमा महालक्ष्मी बैंकका संस्थापक सेयरधनीमात्र आवेदन दिन पाउनेछन् ।

संस्थापकले नकिनेमा मात्र सर्वसाधारणले किन्न पाउने गरी फेरि आवेदन खुला गरिनेछ । सेयर खरिद गर्न इच्छुक व्यक्तिले सूचना सार्वजनिक भएको ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौंमा पुग्ने गरी आवेदन दिनुपर्नेछ ।