७ किलो चरेससहित त्रिभुवन विमानस्थलबाट एक जर्मन नागरिक पक्राउ

सफल खबर संवाददाता

सोमबार, २९ जेठ २०८०, १२ : ३४
७ किलो चरेससहित त्रिभुवन विमानस्थलबाट एक जर्मन नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन विमानस्थलबाट करिब ७ किलो चरेससहित एक जर्मन नागरिक पक्राउ परेका छन् ।

सोमबार बिहान टर्किस एयरलाइन्सबाट इस्तानबुल जान लागेका ६३ वर्षीय पउल वेर्स्टलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको टोलीले पक्राउ गरेको हो । उनले बोकेको सुट्केसबाट ६ किलो ८६० ग्राम चरेस बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पउलले बाहिर ठूलो सुट्केसभित्र अरु दुईवटा सुट्केस हालेको र कपडासँगै कालो कार्बनले बेरेर चरेस लुकाएर लैजान लागका थिए ।

चरेस चेकजाँचका क्रममा प्रहरीले बरामद गरेको हो । जर्मन नागरिकलाई लागुऔषध ब्युरोको जिम्मा लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस