सिमकोट । हुम्लामा ढुंगा खस्दा शनिबार साँझ एक बालकको मृत्यु भएको छ । ढुंगाले लागेर सर्केगाड गाउँपालिका–८, राहदेवका १० वर्षीय भूपेन्द्र रोकायाको ज्यान गएको हो ।ढुंगाले लागेर अर्का एक बालक घाइते भएका छन् । घाइते हुनेमा सर्केगाड–८ कै ११ वर्षीय खनिल ऐडी रहेका छन् ।
उनीहरू दुवैजना बाख्रा चराउन वनमा गएका थिए । रोकायाको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।ऐडीको दाहिने हात भाँचिएको छ । उनको स्वास्थ्य चौकी राहदेवमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ जेठ २०८०, १३ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतबाट सात जना नेपाली बालकको उद्धार
क्रिकेट खेल्न गएका बालक पोखरीमा बिलाए