योग्य र जुझारु साथीहरूलाई हामीले अगाडि बढाउनुपर्छ : शेरबहादुर देउवा

सफल खबर संवाददाता

शनिबार, २७ जेठ २०८०, १४ : ३८
योग्य र जुझारु साथीहरूलाई हामीले अगाडि बढाउनुपर्छ : शेरबहादुर देउवा

काठमाडौँ। कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता, कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न निर्देशन दिएका छन् । शनिबार कांग्रेस भक्तपुर जिल्ला कार्य समितिले आयोजना गरेको एक कार्यक्रममा बोल्दै पार्टीका नेता, कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न निर्देशन दिएका हुन् ।

सभापति देउवाले पार्टीमा योग्य, जुझारु र गतिशील नेता, कार्यकर्तालाई उचित जिम्मेवारी दिन आफू प्रतिबद्ध रहेको समेत बताए । उनले प्रजातन्त्रलाई संकटमा आउन नदिन पनि कांग्रेसलाई बलियो बनाउन लाग्नुपर्ने बताए।

सभापति देउवाले प्रजातन्त्रमाथि फेरि संकट आउन नदिने गरी कांग्रेसलाई बलियो बनाउन देशभर संगठन निर्माणको अभियान सञ्चालन गर्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वानसमेत गरे।

प्रतिक्रिया दिनुहोस