काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले विद्युत निर्यातको समस्या समाधान हुने बताएका छन् । आइतबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै अर्थमन्त्री महतले भारत भ्रमण भएसँगै अब विद्युत निर्यातको समस्या समाधान हुने बताएका हुन् ।
उनले विद्युत निर्यातको समस्या नहुनुलाई नेपालले ठूलो उपलब्धिको रुपमा लिनुपर्ने बताए । उनले विद्युतको उत्पादन बढाएसँगै आन्तरिक खपत पनि बढाउनुपर्नेमा जोड दिए । उनले विद्युत निर्यातलाई बढाउन सकेमा व्यापार घाटा घट्ने बताए ।
उनले भने ‘भ्रमण अत्यन्त सौर्हादपूर्ण भयो । अब दिर्घकालमा विद्युत निर्यातको जुन समस्या थियो त्यो समस्यालाई समाधान गर्ने काम अगाडी बढेको छ । हामीले विद्युत उत्पादन गर्न सक्नुपर्यो । अब बजारको समस्या हुन्न भन्नेकुरा यो ठूलो उपलब्धिको कुरा हो जस्तो लाग्छ । यद्यपी यो विषयमा पहिलादेखि नै काम भइराखेको थियो । अहिले आएर यसले मूर्त रुप लिएको छ । एकातिर हाम्रो विद्युत उत्पादन बढ्दै गएमा आन्तरिक खपत पनि हामीले बढाउँदै लाने हो । यहाँको यातायातलाई विद्युतीय माध्यमबाट चलाउनेदेखि लिएर खाना पकाउने कुराहरुलाई विद्युतीय माध्यमबाट चलाउने गर्यो भने हाम्रो पेट्रोलियम आयात घट्छ । त्यसैगरी विद्युत निर्यात हामीले ज्यादाभन्दा ज्यादा गर्न सक्यौँ भने त्यसबाट पनि व्यापार घाटा घट्ने भयो । एकातिर आयात प्रतिस्थापन गरेर अर्को निर्यात बढाएर । यो चाहीँ ठूलो उपलब्धि हुन्छ । त्यस अर्थमा यो भ्रमण उपलब्धिमुलक रह्यो । दुई वटा ठुला महत्वपूर्ण आयोजनामा लगानी आउँदैछ त्यो पनि राम्रो कुरा हो ।’
मन्त्री महतले भारत भ्रमण अत्यन्त सौर्हादपूर्ण र उपलब्धिमुलक रहेको भएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ जेठ २०८०, १८ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री
अर्थमन्त्री वाग्लेले किन यस्तो भने : ‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र म माथि आक्रमण भयो'
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफलमा उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने
अर्थमन्त्री वाग्लेले पत्रकारहरूसँग अन्तरक्रिया गर्ने
राष्ट्रपतिसमक्ष आगामी बजेटबारे अर्थमन्त्रीको औपचारिक ब्रिफिङ
प्रतिनिधिसभा बैठक बस्दै, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने