देशको समग्र हीतको रक्षापछि मात्रै संसदमा अवरोध हट्छ : अध्यक्ष ओली

सफल खबर संवाददाता

आइतबार, २१ जेठ २०८०, १५ : २८
देशको समग्र हीतको रक्षापछि मात्रै संसदमा अवरोध हट्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हीतको रक्षापछि मात्रै संसदमा भएको अवरोध हट्ने बताएका छन । आइतबार बसेको प्रतिनिधि सभाको बैठक अवरोधपछि संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताए ।

उनले राष्ट्र, संविधानको रक्षा र भूमिको रक्षापछि मात्रै संसदको गतिरोध हटाउने बताए । उनले भने, ‘राष्ट्रको रक्षा, संविधानको रक्षा, भूमिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षा र नेपालको समग्र हीतको रक्षापछि मात्रै यो सेटल हुन्छ ।’

प्रतिक्रिया दिनुहोस