ओडिशा रेल दुर्घटनाबाट अमेरिकी राष्ट्रपति बाइडेन दुःखी, जारी गरे विज्ञप्ति

एजेन्सी

आइतबार, २१ जेठ २०८०, ०८ : ४६
ओडिशा रेल दुर्घटनाबाट अमेरिकी राष्ट्रपति बाइडेन दुःखी, जारी गरे विज्ञप्ति

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनले भारतको ओडिशा राज्यस्थित बालासोरमा भएको रेल दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।

ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा जो र जिल बाइडेन भारतमा भएको भीषण रेल दुर्घटनाबाट निकै दुःखी भएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘यस दुर्घटनामा आफ्ना प्रियजन गुमाउने तथा घाइते भएकाहरूप्रति हाम्रो हार्दिक समवेदना छ। अमेरिका र भारतबीच गहिरो सांस्कृतिक सम्बन्ध छ, जसले यी दुई देशलाई एकताबद्ध गराउँछ। शोकको यस घडीमा पूरै अमेरिकाका जनता भारतका जनताको साथमा छन्।’