पूँजीगत लाभकरलाई अन्तिम कर नै कायम गर्न माग गर्दै प्रदर्शन

सफल खबर संवाददाता

शुक्रबार, १९ जेठ २०८०, १६ : ५३
पूँजीगत लाभकरलाई अन्तिम कर नै कायम गर्न माग गर्दै प्रदर्शन

काठमाडौँ। सेयर लगानीकर्ताहरूले पूँजीगत लाभकरलाई अन्तिम कर नै कायम गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ । उनीहरूले सेयर कारोबारमा बजेटले गरेको व्यवस्थाप्रति आपत्ती जनाउदै काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् । व्यक्तिगत लगानीकर्ताबाट भुक्तानी हुने ५ प्रतिशत र ७ दशमलव ५ प्रतिशत पूँजीगत लाभकर अन्तिम गर्नुपर्ने, पूँजीबजारमा ३९ प्रतिशत कर नमान्ने जनाएका छन् ।

प्रदर्शनमा सहभागीहरूले आर्थिक विधेयक संशोधन गर, पश्चगामी करनीति खारेज गर, लगानीकर्तामाथि जालझेल बन्द गरलगाएका प्लेकार्ड प्रदर्शन गरेका थिए । प्रदर्शनमा रास्वपा सांसद हरि ढकालले ऐक्यवद्धता जनाउदै सेयर लगानीकर्ताको माग पुरा गर्न सरकार गम्भीर हुनुपर्ने बताए ।

 लगानीकर्ताको सम्पत्तिमाथि लामो हात गर्ने प्रयासलाई असफल बनाउने उनले बताए । उनले यस मुद्दालाई सम्पूर्ण लगानीकर्ताहरू एकजुट भएर अघि बढाउन सुझाव दिए ।उनले यस विषयमा संसद्‌मा शसक्त रुपमा आवाज उठाउने जानकारी दिए । यता अर्थमन्त्री डा प्रकाशशरण महतले भने सेयर आमलगानीकर्ताहरू आयकरको दायमा नआउने भन्दै भ्रममा नपर्न आग्रह गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस