काठमाडौं । विशेष अदालतले कर फर्छ्यौट आयोगको भ्रष्टचार मुद्दामा सहसचिव चुडामणि शर्मासहित तीन पदाधिकारीलाई दोषी ठहर गरेको छ ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले आयोगका तत्कालिन सदस्य सचिव शर्मा, अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाललाई दोषी ठहर गरेको हो ।
सरकारले गठन गरेको कर फर्छ्यौट आयोगमार्फत व्यापारीहरुलाई कर छुट दिएर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले दायर गरेको मुद्दामा विशेष अदालतले उनीहरुलाई दोषी ठहर गरेको हो । उनीहरुको सजाय भने निर्धारण भएको छैन ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ जेठ २०८०, १८ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर
५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर (पूर्णपाठसहित)
कर अधिकृतसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा
वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर, एक करोड त्रिचालीस लाख बिगो माग
घुससहित पक्राउ परेका खरिदारविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
गाउँपालिका अध्यक्षविरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावेदन