सिटी एक्सप्रेस मनी ट्रान्सफरको सीईओमा निरजमान सैंजु नियुक्त

सफल खबर संवाददाता

बुधबार, १७ जेठ २०८०, १२ : १०
सिटी एक्सप्रेस मनी ट्रान्सफरको सीईओमा निरजमान सैंजु नियुक्त

काठमाडौं। सिटी एक्सप्रेस मनी ट्रान्सफरको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा निरजमान सैंजु नियुक्त भएका छन् ।सैंजुको उच्चस्तरीय नेतृत्व क्षमता र कार्यानुभवले सिटी एक्सप्रेसको प्रगतिले नयाँ उचाइ लिने अपेक्षा गरिएको सिटी एक्सप्रेसले जनाएको छ ।४२ वर्षीय सैंजुको बैंकिङ क्षेत्रमा २० वर्षभन्दा बढी अनुभव छ ।

साथै उनले धेरै वाणिज्य बैंकहरूको फिल्ड् ट्रेजरी विभागमा १५ वर्षभन्दा बढी उत्कृष्ट अनुभव लिइसकेका छन् ।क्यानडास्थित सेक्युरिटी इन्स्टिच्युटबाट सुरक्षा कोर्ष गरेका सैंजुसँग सुरक्षा र लगानीको क्षेत्रमा उल्लेखनीय ज्ञान छ ।नवनियुक्त सीईओ सैंजुले कम्पनीको दिगो आर्थिक वृद्धिको लागि नेटवर्कको विश्वव्यापी पहुँच विस्तार गरी नेपालकोे सबैभन्दा ग्राहक केन्द्रित कम्पनी बनाउने प्रतिबद्धता गरेका छन् ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै विगत १६ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर १५ हजारभन्दा बढी भुक्तानी केन्द्र छन् । ती केन्द्रमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिनेजस्ता सुविधाहरू प्रदान गर्दै आएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस