बाँके । सवारी दुर्घटनामा परी उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काकी बुहारीको मृत्यु भएको छ।
मंगलबार साँझ भएको सवारी दुर्घटना परी घाइते भएकी उपप्रधानमन्त्री खडकाको माइली बुहारी सञ्जु खडकाको उपचारको क्रममा मृत्यु भएको हो । साथै, सो कारका चालक गोरखा आँपपिपल–५ का ३७ वर्षीय सुवास अधिकारीको पनि मृत्यु भएकाे छ ।
कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीका अनुसार बाँकेवाट सुर्खेततर्फ जाँदै गरेको उनीहरु सवार कार बाँकेको राप्तीसोनारी गाउँपालिका–८ मुगुवा खोलानजिकै बससँग ठोक्किन पुगेको थियो ।
सो दुर्घटना पछि खडका, उनका चालक र बसमा यात्रारत ८ जनालाई उपचारका लागि कोहलपुर मेडिकल कलेज ल्याईएको थियो । तर, उपचारका क्रममा बुहारी खडका र उनका सवारी चालक अधिकारीको मृत्यु भएको हो ।
मृतक सञ्जु बुढा उपप्रधानमन्त्री खड्काका माइला भाइ डम्बर खड्काकी श्रीमती हुन्। मृतक सञ्जु र डम्बरका दुई छोरा रहेका छन्। उनका श्रीमान डम्बर कर्णाली प्रदेश अस्पतालका निर्देशकसमेत हुन्।
कार र बस एक आपासमा ठोक्किदा कार पुरै क्षतिग्रस्त भएको छ भने बसको अगाडीको भाग पुर्ण रुपमा क्षति भएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ जेठ २०८०, ०८ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेम्वाङ लोकतान्त्रिक आन्दोलनका उदाहरणीय नेता : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री खड्का र प्रमुख निर्वाचन आयुक्त थपलियाबीच भेट
उपप्रधानमन्त्री खड्काद्वारा स्वयम्भूस्थित बारुदखाना निरीक्षण
स्वदेश फर्किए उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री श्रेष्ठसँग अस्ट्रेलिया र बंगलादेशी राजदुतबीच भेट
राजनीतिक हैसियत र टठ्याइँ देखाएर उन्मुक्ति पाइँदैन : उपप्रधानमन्त्री श्रेष्ठ