वहुमतसहितको सरकार निरिह देखियो : शेखर कोइराला

सफल खबर संवाददाता

शनिबार, १२ साउन २०७५, १६ : २९
वहुमतसहितको सरकार निरिह देखियो : शेखर कोइराला

बुटवल  ।  कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले वर्तमान सरकार निकै निरिह देखिएको बताएका छन् । वहुमतसहितको ओलीजी नेतृत्वको सरकार किन कमजोर ढंगबाट चलिरहेको छ, सरकार गल्ती गर्दैछ, यसलाई सामना गर भन्नु कहाँ सम्मको निरिहता हो ।’ उनको प्रश्न छ ।

मन्त्री र सांसदलाइ राखेर प्रधानमन्त्रीले सरकारको प्रतिरक्षा गर भनेर उर्दी जारी गर्नु बिडम्बनापूर्ण रहेको उनको भनाइ छ । सरकार संविधान विपरित सञ्चालन भैरहेको भन्दै उनले संविधानलार्इ कुल्चेर अघि बढ्ने छुट कुनै सरकारलार्इ नभएको प्रष्ट पारे ।

रिपोर्टर्स क्लव प्रदेश ५ बुटवलद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै डा. कोइरालाले सरकारले एकदलीय शासन चाहिरहेको प्रष्ट पारे ।

‘मुर्दा शान्ति र मुर्दा विकास लोकतन्त्रमा हुन सक्दैन । यसरी मुलुकमा समृद्धि आउँदैन लोकतन्त्रमा विरोध गर्न पाइन्छ, सत्याग्रह गर्न पाइन्छ’कोइरालाले भने, ‘ हामी छौँ । संसदीय व्यवस्थामा तर सत्तापक्षका सांसदहरुले ५ वर्षको म्यान्डेड पूरा गर्न दिनुस् समृद्धि र विकास ल्याउछौँ भन्नुभएको छ, त्यसोभए त प्रतिपक्ष नै चाहिएन नि ।’ कांग्रेसका केन्द्रिय सदस्य समेत रहेको उनले कांग्रेसलाइ पुरानै अवस्थामा फर्काउन जरुरी रहेको बताए ।

‘ओली जीले संविधानमा कमा र फुलस्टप पनि फेरिन्न भन्ने मान्छे, उपेन्द्र यादव संविधान नै पुरै फेर्ने भन्ने अनि प्रचण्ड कार्यकारी राष्ट्रपति चाहने मान्छे सबै सरकारमा छन् यो कसरी कहाँबाट मिलेको हो अचम्म लाग्छ’ उनले सुनाए ।

प्रतिक्रिया दिनुहोस