प्रधानमन्त्री रोजगार कार्यक्रमलाई पुनर्संरचना गरिने

सफल खबर संवाददाता

सोमबार, १५ जेठ २०८०, १७ : ४२
प्रधानमन्त्री रोजगार कार्यक्रमलाई पुनर्संरचना गरिने

काठमाडौं। सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई पुनर्संरचना गर्ने भएको छ ।आव २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले उत्पादनशील रोजगारी सिर्जना गर्ने तथा श्रम बजारको नतिजामा सुधार गरिने बताए ।

स्थानीय तहमा सूचीकृत बेरोजगारलाई कार्यस्थलमा तालिमसहितको न्यूनतम् रोजगारी प्रदान गर्ने गरी रोजगार सेवाको स्तरोन्नति गरिने उनले बताए ।प्रधानमन्त्री श्रम रोजगार कार्यक्रमका लागि उनले ५ अर्ब ९४ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस