काठमाडौं । सरकारी स्वामित्वका ४४ मध्ये २५ संस्थान नाफामा र १९ वटा घाटामा सञ्चालनमा रहेको पाइएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक सर्वेक्षण २०७९/८० को आर्थिक सर्वेक्षण संसदमा प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् ।
सरकारी स्वामित्वको ४४ मध्ये २५ संस्थान नाफामा र १९ संस्थान घाटामा सञ्चालनमा छन्,’ मन्त्री महतले भने, ‘संस्थानहरुमा सरकारको लगानी ६ खर्ब १८ अर्ब पुगेको छ । जसमध्ये यो वर्ष करिब एक प्रतिशत लाभांश सरकारले प्राप्त गरेको छ ।’
सरकारले यो वर्ष संस्थानहरुबाट ६ अर्ब १६ करोड लाभांश प्राप्त गरेको जानकारी उनले दिए । सञ्चालनमा नरहेको र सरकारले सञ्चालन गर्न आवश्यक नठानेको संस्थानहरुलाई थप पूँजी र प्रविधि भित्र्याएर निजीकरण गर्ने गरी सरकारले अध्ययन गरिरहेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ जेठ २०८०, १४ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री
अर्थमन्त्री वाग्लेले किन यस्तो भने : ‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र म माथि आक्रमण भयो'
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफलमा उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने
अर्थमन्त्री वाग्लेले पत्रकारहरूसँग अन्तरक्रिया गर्ने
राष्ट्रपतिसमक्ष आगामी बजेटबारे अर्थमन्त्रीको औपचारिक ब्रिफिङ
प्रतिनिधिसभा बैठक बस्दै, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने