गैँडाकोटको अक्सफोर्ड कलेजलाई अन्तराष्ट्रिय अवार्ड

सफल खबर संवाददाता

आइतबार, १४ जेठ २०८०, ११ : २६
गैँडाकोटको अक्सफोर्ड कलेजलाई अन्तराष्ट्रिय अवार्ड

गैँडाकोट । नवलपुरको गैँडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टले ‘‘PEAK OF SUCCESS 2023 ’’ अवार्ड प्राप्त गर्न सफल भएको छ । संसारभरका राम्रा र सफल कम्पनीहरुलाई अर्वाड प्रदान गर्ने अमेरिकन कम्पनी द कन्फिडेरेसन अफ बिजनेसले काजगस्थानको राजधानी आस्थानामा आयोजित एक भब्य कार्यक्रमका बीच कलेजका प्रिन्सीपल प्रा. ई. हरि भण्डारी लाई सो अर्वाड प्रदान गरेको हो ।

द कन्फिडेरेसन अफ बिजनेसका प्रेसीडेन्ट जेसीस मोर्गानले विभिन्न ५० राष्ट्रका बिभिन्न व्यवसायिक स‌घंस‌गठनका प्रमुख एवंम् प्रतिनिधीहरुका माझ अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टका प्रिन्सीपल भण्डारी लाई प्रदान गरेका थिए । सो अवसरमा अब्बल र गुणस्तरीय शैक्षिक संस्था बनाउन सफल भएको भन्दै प्रिन्सीपल भण्डारीलाई WORLD LEADER BUSINESSPERSON र WORLD BUSINESS LEADER गरि दुइवटा अवार्डले सम्मान गरिएको छ ।

त्यसैगरी सामुहिक बलबाट अब्बल नतिजा निकाल्न लागि मेहनत गरेको भन्दै कलेजका प्राध्यापकहरु तिलकराम पन्थी, भिम प्रसाद भण्डारी, दिपेन्द्र सिलवाल, प्रेमलाल शर्मालाई समेत अवार्ड प्रदान गरिएको अक्सफोर्ड कलेजले जनाएको छ । कलेजका प्रिन्सीपल प्रा. ई. हरि भण्डारीले भने – ‘‘कलेज र कलेजका प्राध्यापकहरुलाई दिइएको सम्मानले अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट उत्कृष्ट क्षमताको प्रयोग गरी चुस्त ब्यवस्थापन , सफल नेतृत्व र शैक्षिक गुणस्तर कायम गर्न सफल र सक्षम छ भन्ने कुरा प्रमाणित भएको छ ।’’

 

प्रतिक्रिया दिनुहोस