एजेन्सी । पूर्वी युक्रेनको डिनिप्रो सहरको एक अस्पतालमा मिसाइल आक्रमण हुँदा दुई जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्।
घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको स्थानीय गभर्नरले बीबीसीलाई जानकारी गराएका छन्।
गभर्नर शेरिल लिस्काले घाइतेमध्ये दुई र ६ वर्षका दुई बालबालिका रहेको बताए। पछिल्लो हप्ता युक्रेन विरुद्ध रुसको आक्रामकता बढेको छ।
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भवनबाट धुवाँ निस्किएको देखाइएको क्षतिग्रस्त अस्पतालको भिडिओ पोस्ट गरेका छन्।
उनले भने, ‘रुसी आतंकवादीहरूले फेरि एक पटक प्रमाणित गरे कि तिनीहरू मानवता विरोधी छन्।ँ उद्धार टोलीले बेपत्ता दुई जनाको खोजी गरिरहेको छ।
युक्रेनले गएरातिदेखि हालसम्म १७ रुसी मिसाइल र ३१ ड्रोन खसालेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १३ जेठ २०८०, ०९ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनमा रुसको भीषण हमला
युक्रेनद्वारा कालोसागरमा रुसका दुई ट्यांकरमाथि ड्रोन प्रहार
रुसद्वारा युक्रेनमा सयौँ मिसाइल र ड्रोन प्रहार, ५ जनाको मृत्यु
जर्मनीले युक्रेनलाई तीन अर्ब युरो सैन्य सहयोग गर्ने
युक्रेनको आक्रमणले रुसका प्रमुख विमानस्थलहरू अस्थायी रूपमा बन्द, सयौं उडान रद्द
युक्रेनमा विद्युतीय सवारी साधनको बिक्री ३० प्रतिशतले वृद्धि