जनकपुरधाम । एक मन्त्रालयसहित लोकतान्त्रिक समाजवादी पार्टी लोसपा मधेश प्रदेश सरकारमा सहभागी भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले लोसपा सांसद रमेशप्रसाद कुर्मीलाई वन तथा वातावरण मन्त्री नियुक्त गरेको हुन् ।
तत्काल एक मन्त्रालयसहित आफूहरु सरकारमा सहभागी भएको लोसपा संसदीय दलका नेता अभिराम शर्माले जानकारी दिए । उनका अनुसार साँझ ५ बजे नवनियुक्त मन्त्री कुर्मीले शपथ लिने छन् । कुर्मी पर्साको निर्वाचन क्षेत्र नम्बर–२ (ख)बाट निर्वाचित छन् ।
यसअघि सरकार बाहिर रहेका सत्ता गठबन्धन घटक कांग्रेस २ र एकीकृत समाजवादी १ मन्त्रालयसहित मंगलबार मधेश सरकारमा सहभागी भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ जेठ २०८०, १३ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजेन्द्र महतो लोसपाबाट निष्कासित
लोसपाको केन्द्रिय समिति बैठक आज पनि जारी
लोसपाले बोलायो पदाधिकारी बैठक
पाँच नेता लोसपाको केन्द्रीय सचिवालयमा मनोनयन
नेपाल-भारतबीच भएका समझदारी नेपालको आर्थिक विकासमा कोशेढुङ्गा सावित : लोसपा
लोसपाले गठन गर्यो चार वटा कार्यदल