काठमाडौंमा चल्ने सार्वजनिक सवारीको भाडा घट्यो

सफल खबर संवाददाता

विहीबार, ११ जेठ २०८०, १० : ४६
काठमाडौंमा चल्ने सार्वजनिक सवारीको भाडा घट्यो

काठमाडौं । बाग्मती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ ।केन्द्र सरकारले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा समायोजन गरेको केही दिनपछि बाग्मती प्रदेश सरकारले पनि प्रदेश भित्र चल्ने सवारी साधनको भाडा समायोजन गर्ने निर्णय गरेको हो ।

यो सँगै अब प्रदेशभरी चल्ने मालवाहक सवारी साधनमा ५ दशमलव ६९, सिटी बसमा ५.९ प्रतिशत र यात्रुवाहक बसमा ४ दशमलव १८ प्रतिशतले भाडा दर घट्ने भएको  छ।कानून अनुसार अन्तरप्रदेश चल्ने सवारीको भाडा केन्द्र सरकारले निर्धारण गर्ने गर्दछ भने अन्तरपालिकास्तरमा चल्ने सवारीको भाडा प्रदेश सरकारले निर्धारण गर्ने गर्दछ ।

पेट्रोलियम पदार्थको मूल्य घटेपछि यसअघि केन्द्र सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा दर घटाएको समायोजन गरेको थियो ।बुधबार बसेको भाडा निर्धारण्समायोजन सिफारिस समितिको बैठकले भाडा दर समायोजन गर्ने निर्णय गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस