काठमाडौ । दार्चुलामा खाना पकाउने ग्यास लिक हुँदा भएको आगलागीमा परेर एकजनाको मृत्यु भएको छ।
जिल्लाको नौगाड गाउँपालिका–३ जामिरका ८० वर्षीय अमरसिंह ठगुन्नाको आगलागीमा परेर ज्यान गएको हो।
बुधबार बिहान चिया बनाउने क्रममा ग्यास चुहिएर भएको आगलागीमा जलेर ठगुन्ना घाइते भएका थिए।
ठगुन्नाको उपचारका क्रममा नेपालगन्जस्थित अस्पतालमा गएराति मृत्यु भएको नौगाड गाउँपालिकाका प्रवक्ता राजेन्द्र बोहराले जानकारी दिए।
घाइते ठगुन्नालाई बुधबार बिहान स्थानीयले स्थानीय गोकुलेश्वर अस्पताल ल्याएका थिए। त्यहाँ उपचार सम्भव नभएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि घाइते ठगुन्नालाई नेपालगन्ज लगिएको थियो

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ जेठ २०८०, ०८ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतमा एलपी ग्यासको मूल्य फेरि बढ्यो
भारतमा कमर्सियल ग्यास सिलिन्डरको मूल्यवृद्धि
आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
ग्यास वितरण पारदर्शी बनाउन चितवन प्रशासनद्वारा नयाँ व्यवस्था
खाना पकाउने ग्यासको अभाव देखिएपछि विभागले अनुगमन गर्दै