काठमाडौँ । जनकपुरबाट काठमाडौँतर्फ उड्न लागेको बुद्ध एयरको जहाजमा मुसा दखिएपछि उडान स्थगित भएको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार बोर्डिङपास भइसकेपछि यात्रुले मुसा देखेपछि उडान स्थगित भएको हो ।प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले यात्रुले मुसा देखेपछि उडान स्थगित भएको र यात्रु अर्को जहाजमार्फत काठमाडौँतर्फ आइरहेको बताए । ‘यात्रुहरु ल्याण्ड हुने समय भइसक्यो ।
द्धको जहाजमा केही प्राविधिक खराबी देखिएको छैन,’ निरौलाले भने, ‘तर मुसा देखिएपछि चेकजाँच गर्न प्राविधिक टोली जनकपुरतर्फ लागिसकेको छ ।’यात्रुले मुसा देखेपछि विमान होल्ड गरिएको जनकपुरस्थित बुद्ध एयरका कर्मचारी सन्दीप लामाले जानकारी दिए । जहाजमार्फत ४९ जना यात्रु काठमाडौँतर्फ आउन लागेका थिए । जहाज आजै बिहान साढे ८ बजे जनकपुर पुगेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ जेठ २०८०, १२ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बुद्ध एयरको ७२ सिटे जहाजबाट काठमाडौं–भरतपुर परीक्षण उडान
एउटा पांग्राबिनै जनकपुरबाट काठमाडौं पुग्यो बुद्ध एयरको जहाज
नेपाल बैंक र बुद्ध एयरबिच ३० प्रतिशत छुट दिने सम्झौता
भद्रपुर उडेको विमानमा प्राविधिक समस्या
भद्रपुर उडेको विमानमा प्राविधिक समस्या
काठमाडौँबाट भैरहवा उडेको विमान पोखरामा अवतरण