साउदी अरबको अस्पतालमा २ सय नेपाली नर्सलाइ रोजगारीको अवसर

सफल खबर संवाददाता

शुक्रबार, ०५ जेठ २०८०, १४ : १८
साउदी अरबको अस्पतालमा २ सय नेपाली नर्सलाइ रोजगारीको अवसर

काठमाडौ । साउदी अरबस्थित डा.सुलिमान अल हबिब हस्पिटलले यो वर्ष २ सय नेपाली नर्सको माग गरेको छ । नेपालमा भर्खर पढाई सकेर नेपाल नर्सिङ काउन्सिलमा रजिस्टेसन भएका नर्सले यसमा आवेदन दिन सक्नेछन् । 

डा.सुलिमान अल हबिब हस्पिटलले ठूलो संख्यामा नेपाली नर्सहरुको माग गरेको हो । जसका लागि नेपालबाट आधिकारिक कम्पनी मनास्लु इन्टरनेश्नल सर्भिसले काम गरिरहेको छ । ‘नेपालबाट बिना लगानी नर्सहरु साउदी जान सक्नेछन् ।’ मनास्लु इन्टरनेश्नल सर्भिसका प्रमुख बालकृष्ण श्रेष्ठले भने, ‘नेपाली नर्सको विश्वसनियता र क्षमताले गर्दा यति ठूलो संख्यामा माग आएको हो ।’ 

मनास्लु इन्टरनेश्नल सर्भिसका अनुसार साउदी अरब जान चाहने २१ वर्षदेखी ४० वर्ष उमेर समूहका नर्सहरुले यसका लागि आवेदन दिन सक्नेछन् । यसै जेठ ७ गतेदेखी ११ गते सम्म मनास्लु इन्टरनेश्नल सर्भिसमा पिसिएल, बिएस्सी, बिएन, बिएनस अध्ययन पूरा गरेका, एकेडेमिक सर्टिफिकेट र नर्सिङ लाइसेन्स भएका नर्सले आवेदन दिन सक्नेछन् । साउदी अरब सरकारको मापदण्ड अनुसार साउदी अरेबियामा नर्सको रूपमा काम गर्न योग्य हुन नर्सहरूस“ग एक वर्षको क्लिनिकल अनुभव हुनुपर्छ । तर, यसपटक नया“लाई अवसर प्रदान गर्न खोजिएको हो ।
 
मल्टि–नेश्नल हस्पिटल ग्रुपको डा.सुलिमान अल हबिब हस्पिटल ग्रुप (एचएमजी) ले साउदी अरबका बिभिन्न ९ वटा स्थानमा हस्पिटल सञ्चालन गरिरहेको छ । नेपाली नर्सका लागि साउदी अरब रोजगारीको नया“ गन्तव्य बन्दै गएको छ ।
हाल नेपालबाट साउदी जाने नर्सहरूले मासिक एक लाख २० हजारदेखि दुई लाख रुपैया“सम्म कमाईरहेका छन् । हालसम्म साउदी अरबका बिभिन्न अस्पतालहरुमा छ सय नर्सहरू कार्यरत छन् । मनास्लु इन्टरनेश्नल सर्भिसले लामो समयदेखी साउदीमा नेपाली नर्सलाई पठाईरहेको छ । डा.सुलिमान अल हबिब हस्पिटलको व्यवस्थापनले बढ्दो संख्यामा सेवा प्रदान गर्न थप नर्सको आवश्यकता महशुष गरेपछि नेपाली नर्स लैजान खोजेको हो । यस सम्बन्धि थप जानकारी मनास्लु इन्टरनेश्नल सर्भिसको फेसबुक पेज वा फोन नम्बर ०१४५२५०८१ मा सम्पर्क गरेर लिन सकिन्छ ।

सन् २०१९ बाट नेपाली नर्सहरू साउदीका बिभिन्न अस्पतालमा कार्यरत रहेका छन् । साउदीका अस्पतालमा हाल एक हजार ९ सयभन्दा बढी शैया, १३ हजार कर्मचारी र दुई हजार ७ सय ५० कन्सल्टेन्ट चिकित्सकहरुले बिरामीको सेवा प्रदान गरिरहेका छन् । उक्त अस्पतालले बिगत एक वर्षदेखि ४० नेपाली नर्सहरूलाई रोजगारी प्रदान गर्दै आईरहेको छ । अस्पताल व्यवस्थापनले उत्कृष्ट नर्सलाई आकर्षित गर्न शत प्रतिशत निःशुल्क भर्ती गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस