ह्वावेद्वारा एसिया-प्रशान्त साझेदार सम्मेलनमा ६ सहकार्य साझेदारहरु घोषणा

सफल खबर संवाददाता

शुक्रबार, ०५ जेठ २०८०, १३ : ५०
ह्वावेद्वारा एसिया-प्रशान्त साझेदार सम्मेलनमा ६ सहकार्य साझेदारहरु घोषणा

काठमाडौं । ह्वावेले आफ्ना  एशिया प्रशान्तका साझेदारहरुका लागि सम्मेलन आयोजना गरेको छ। दश देशका १२०० भन्दा बढी साझेदारहरुको सहभागिता रहेको सो कार्यक्रमको प्रमुख उद्देश्य एशिया प्रशान्तमा प्रविधिको वृद्धि र बिकास रहेको छ।  यस एशिया-प्रशान्तलाई लामो समयदेखि  विश्वव्यापी आर्थिक वृद्धिको केन्द्र मानिंदै आएकोमा  विश्वव्यापी डिजिटल अर्थतन्त्रमा सबैभन्दा सक्रिय क्षेत्रहरू मध्ये एक  एशियाप्रशान्त डिजिटलीकरण र नवप्रवर्तनमा पनि अग्रणी  रहेको छ।

एशिया-प्रशान्तमा मात्रै  ७९०० भन्दा बढी उद्यम साझेदारहरू र २००० भन्दा बढी क्लाउड साझेदारहरूलाई विभिन्न प्रोत्साहन प्याकेजहरुका साथै लगानीमा वृद्धि गरेर आफ्नो साझेदार संजाललाई सुदृढ र सबल बनाउन ह्वावे प्रतिवद्ध रहेको  छ। नयाँ साझेदार कार्यक्रमहरुले ग्राहकहरुलाई प्रविधि अझै किफायती हुने, डिजिटल अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने र डिजिटल उत्पादकत्वमा वृद्धि ल्याउने विश्वास लिएको छ। 

कार्यक्रमको उद्घाटन समारोहमा ह्वावेले एशिया प्रशान्तका लागि ६ नयाँ सहकार्य योजनाहरु सार्वजनिक गरेको छ। यस कार्यक्रमले क्रमश सरकार, वित्त, विद्युत, सडक, जलमार्ग र बन्दरगाह प्रत्येक लागि एक योजना  साथै स्वतन्त्र सफ्टवेयर विक्रेता र डाटा केन्द्र सुविधा समाधानका  क्षेत्रहरूका लागि पनि प्याकेज ल्याएको छ। नयाँ सहकार्य योजनालाई अनुमोदन गरी औद्योगिक  डिजिटल रुपान्तरणमा सम्पूर्ण  साझेदारहरुले ह्वावेलाई साथ् दिने प्रतिवद्धता जनाएका छन्।  

ह्वावेईका कार्यकारी निर्देशक आईसीटी पूर्वाधार प्रबन्धन बोर्डका अध्यक्ष र इन्टरप्राइज बीजीका अध्यक्ष डेभिड वाङले कार्यक्रमको उद्घाटन समारोहमा डिजिटल र बौद्धिक रूपान्तरणले विश्वभर फैलिने लहरहरू सिर्जना गरिरहेको, एक ट्रिलियन अमेरिकी डलरभन्दा बढीको बजार स्थान सिर्जना गर्ने सम्भावना बोकेको  कुरा बताएका छन् । ह्वावे यी प्रचुर अवसरहरुको सदुपयोग गर्न साझेदारहरूसँग काम गर्न चाहने साथै  एसिया-प्यासिफिक बजारका लागि, नेम्ड अकाउन्ट मार्केट, व्यावसायिक बजार र वितरण व्यवसाय नामक तीन प्रमुख  साझेदार विकास रणनीतिहरू डिजाइन गरेको जानकारी गराउंदै विभिन्न आवश्यकताहरूलाई थप लक्षित ढंगमा  सम्बोधन  गर्ने, साझेदारहरुसँगको सहकार्यमा  नेम्ड अकाउन्ट लाई डिजिटल बनाई  साना तथा मझौला उद्यमहरुको डिजिटल रुपान्तरणलाई गति दिने र वितरण बजार विस्तार गर्ने उदेश्य रहेको जानकारी गराए ।  उनले आफ्ना साझेदारहरु सफल भए मात्र ह्वावे सफल हुने कुरा व्यक्त गरे । 

प्रतिक्रिया दिनुहोस