सामाजिक उत्तरदायित्व कोषको रकम खेलकुद क्षेत्रमा लगाउन माग

सफल खबर संवाददाता

शुक्रबार, ०५ जेठ २०८०, १० : ५६
सामाजिक उत्तरदायित्व कोषको रकम खेलकुद क्षेत्रमा लगाउन माग

काठमाडौँ । नेपाल सुपर लिगले सामाजिक उत्तरदायित्व कोषको रकम खेलकुद क्षेत्रको विकासमा खर्च गरिनु पर्ने माग सरकारसँग गरेको छ । नेपाल सुपर लिगकी अध्यक्ष आश्रयता कार्की चौधरीले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेकी हुन् ।प्रधानमन्त्रीसँग अध्यक्ष चौधरीले सामाजिक उत्तरदायित्व कोषको रकम प्रयोग हुन सके खेलकुद क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने बताइन् ।

प्रधानमन्त्री दाहालले पनि खेलकुद क्षेत्रको विकासका लागि सामाजिक उत्तरदायित्व कोषको रकम खर्च गर्ने आश्वास दिएको चौधरीले बताइन् ।प्रधानमन्त्री दाहालसँगको भेटमा चौधरीले नेपाल सुपर लिगले नेपाली खेल क्षेत्रमा निजी क्षेत्रलाई जोड्दै खेल र खेलाडीका लागि आवश्यक लगानी भित्राउने प्रयास  गरिरहेको जानकारी पनि गराइन् । उक्त अवसरमा नेपाल सुपर लिगका प्रबन्धक निर्देशक श्रीयान्स कार्की र प्रमुख कार्यकारी अधिकृत सुदिप शर्माको पनि उपस्थिति रहेको थियो । 

प्रतिक्रिया दिनुहोस