कोरोना अपडेट : थप २४ जनामा संक्रमण पुष्टि, १५ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

विहीबार, ०४ जेठ २०८०, १५ : ३३
कोरोना अपडेट : थप २४ जनामा संक्रमण पुष्टि, १५ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ८३९ नमुनामध्‍ये ७६१ जनाको पीसीआर परीक्षण गर्दा १४ जना र १ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा १० जना गरी २४ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या ८८ पुगेको छ भने संस्थागत आईशोलेशनमा ९ जना, आईसीयूमा १ जना र भेन्टिलेटरमा १ जना उपचाररत छन् ।विहीबार मात्र कोरोनाबाट १५ जना निको भएर घर फर्किइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस