म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको फाइनल प्रवेश

सफल खबर संवाददाता

विहीबार, ०४ जेठ २०८०, ११ : १४
म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको फाइनल प्रवेश

काठमाडौं । साविक विजेता स्पेनिस क्लब रियल म्याड्रिडमाथि सानदार जित निकाल्दै इंग्लिस क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको फाइनल प्रवेश गरेको छ ।

सेमिफाइनलको दोस्रो लेगमा ४–० को तथा समग्रमा ५–१ को जित निकाल्दै सिटी उपाधि नजिक पुगेको हो ।सिटी र म्याड्रिड पहिलो लिगमा १–१ गोलको बराबरीमा खेलेका थिए ।

बुधबार राति भएको दोस्रो लिगमा सिटीलाई सानदार जित दिलाउन बर्नाडो सिल्भाले दुई तथा म्यानुयल एकान्जी र जुलियन अल्भारेजले समान एक÷एक गोल गरे । सिटी दोस्रोपटक च्याम्पियन्सको फाइनलमा पुगेको हो ।

यसअघि सिटी सन् २०२०–२१ को सिजनमा फाइनलमा पुगेपनि चेल्सीसँग पराजित भएको थियो ।अब सिटीले उपाधिका लागि १० जुनमा इटालियन क्लब इन्टर मिलानसँग प्रतिस्पर्धा गर्नेछ ।

टर्कीको इस्तानबुलमा हुने फाइनलमा इन्टरलाई हराएर सिटी च्याम्पियन्स लिगको पहिलो उपाधि जित्ने लक्ष्यमा रहँदा इन्टर १३ वर्षपछि च्याम्पियन बन्ने योजनामा हुनेछ ।

इन्टरसँग च्याम्पियन्स लिगको फाइनल खेल्नुअघि सिटी प्रिमियर लिग र एफए कपको उपाधि नजिक छ ।सिटीले एफए कपको फाइनलमा म्यानचेस्टर युनाइटेडसँग खेल्दैछ । तीनै उपाधि जित्न सफल भए सिटी ट्रेबल जित्ने दोस्रो इंग्लिस क्लब हुनेछ ।

यसअघि सन् १९९९ मा म्यानचेस्टर युनाइटेडले पहिलो पटक ट्रेबल जितेको थियो ।

 

प्रतिक्रिया दिनुहोस