अष्ट्रेलियाका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो

सफल खबर संवाददाता

बुधबार, ०३ जेठ २०८०, ११ : ०८
अष्ट्रेलियाका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । नेपाल भ्रमणमा रहेका अष्ट्रेलियाली सहायक विदेशमन्त्री टिम वाट्समार्फत प्रधानमन्त्री प्रचण्डले नेपाल भ्रमणको निम्तो दिएका हुन् ।  नेपाल भ्रमणमा रहेका सहायक विदेशमन्त्री टिम वाट्स बुधबार प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए । सो क्रममा द्विपक्षीय हित । आपसी चासोका विविध विषयमा कुराकानी भएको प्रधानमन्त्री प्रचण्डका निजी सचिवालयले जनाएको छ ।  

प्रधामन्त्री प्रचण्डले नेपालको विकास र समृद्धिमा अष्ट्रेलियन सरकार र जनताको सहयोगको निरन्तरताको अपेक्षा गरेको बताए । उनले अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरुको अवस्था र समस्याहरुका बारेमा चासो व्यक्त गरेका थिए । यस्तै नेपालको आर्थिक समृद्धिमा कृषि क्षेत्रको व्यवसायीकरण र कृषिमा आधारित उद्योगहरुको विकास र पर्यटन क्षेत्रको प्रवद्र्धनमा सहयोगका बारेमा पनि छलफल भएको थियो । वाट्सले अष्ट्रेलियामा नेपालीहरुले राम्रो प्रभाव पारेको भन्दै उनीहरुको योगदानको प्रशंसा पनि गरे । उनले नेपालको विकास र समृद्धिको अभियानमा अष्ट्रेलियन सरकार र जनताको सहयोगको सहयोग निरन्तर रहने विश्वास व्यक्र गरे ।

प्रतिक्रिया दिनुहोस